शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ९.३७ अंकले बढ्यो नेप्से, कारोबार एक अर्ब ७२ करोडमा सिमित 

९.३७ अंकले बढ्यो नेप्से, कारोबार एक अर्ब ७२ करोडमा सिमित 

सेयर बजार परिसूचक (नेप्से) ९.३७ अंकले बढेको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) ९.३७ अंकले बढेको छ। 

बढेको बजार १५५५.५२ अंकमा पुगेर रोकिएको हो। 

परिसूचक उकालो लागे पनि कारोबार भने एक अर्ब ७२ करोड ७८ लाखमा सिमित भएको छ। 

आज १९४ कम्पनीको ५८ लाख ६२ हजार सेयर किनबेच भएको छ। 

बुधबार होटल बाहेक सबै उपसमूह उकालो लागेका छन्। होटल २३.६४ अंकले घट्दा बैंकिङ उपसमूह १.८७, व्यापार ५.७३, विकास बैंक २२.८, जलविद्युत् ३३.७९ अंकले बढेको छ। 

त्यस्तै फाइनान्स १२.०२, निर्जीवन बिमा ७४.७७, उत्पादन २३.२, अन्य ७.३६, माइक्रोफाइनान्स १०.२२, बिमा ९४.६८ र म्युचुअल फन्ड ०.०३ अंकले उकालो लाग्यो। 
 

 

प्रकाशित: Sep 23, 2020| 09:46 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्