शनिबार, भदौ १३, २०८३

तोलामा १२ सय घट्यो सुनको मूल्य 

आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ। 

मंगलबार ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ९४ हजार ३०० तोकिएको हो। 

तेजाबी सुनको मूल्य पनि एक हजार २०० रुपैयाँले ओरालो लागेको छ। आज ९३ हजार ८०० तोकिएको तेजाबी सुन मंगलबार ९५ हजारमा कारोबार भएको थियो। 

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर एक हजार १९० मा कारोबार भइरहेको छ।  
 

प्रकाशित: Sep 23, 2020| 06:17 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्