शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला बैंकद्वारा मुस्कान होम अफ होपलाई दुई लाख ५० हजार सहयाेग

सांग्रिला बैंकद्वारा मुस्कान होम अफ होपलाई दुई लाख ५० हजार सहयाेग

 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडाैं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर धोबिघाट स्थित मुस्कान होम अफ होपलाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ। 

एक कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरे।

बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ।

प्रकाशित: Sep 23, 2020| 06:13 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्