काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणिहरुले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
बैंकले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ रोगले उत्पन्न असहज परिस्थितिमा कर्जा सुविधा लिएका ग्राहकलाई राहत पुर्याउन यस्तो व्यवस्था गरेको जनाएको छ ।
ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता-ब्याज भुक्तानी गरेर देखाएको इमान्दारिताको कदर गर्दै बैंकले केही कर्जामा ब्याजदर समेत घटाएको जानकारी दिएको छ ।