काठमाडौं । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि ई–सेवामार्फत् भुक्तानी गर्न सकिने भएको छ ।
अबदेखि नगरबासीले सबैखाले सम्पत्ति कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क ई–सेवाबाटै भुक्तानी गर्न सक्ने भएका हुन् ।
ई–सेवाका अनुसार ई–सेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने ई–सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका ई–सेवा जोन तथा पोइन्टमार्फत् कर भुक्तानी गर्न सकिनेछ ।
नगरबासीले दुई तरिकाबाट ई–सेवामार्फत् भुक्तानी गर्न सक्छन् । नगरबासीले सुरूमा वडा कार्यालयमार्फत् आफ्नो इमेल र फोन नम्बर दर्ता गराई लगइन आइडी लिनुपर्नेछ ।
त्यसपछि ई–सेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर ई–सेवा मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।