काठमाडौं– दसैंको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ।
यो दसैंलाई लक्षित गरेर करिब एक हजार ४०० च्याङ्ग्रा र एक हजार ६०० खसीबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको हो।
कम्पनीले प्रत्येक दसैंमा खसीबोका तथा च्याङ्ग्रा खरिद गरेर सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छ।
कम्पनीले विशेषगरी दाङ, मकवानपुर, बाँकेलगायतका खसीबोका काठमाडौं ल्याउने गरेको छ। च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने कम्पनीले जनाएको छ।
यो दसैंमा करिब ६ करोड रुपैयाँ बराबरको खसीबोका खरिछ गर्ने तयारी भएको खाद्य व्यवस्था कम्पनीले जानकारी दिएको छ।
कम्पनीले खसीबोका, च्याङग्रा विक्रीसँगै दसैंको लागि सुपथ मूल्य पसल पनि सञ्चालन गर्नेछ।