काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) २२.९१ अंकले घटेको छ।
कारोबार सुरु भएदेखि आरोलो लागेको नेप्से १५४६.१५ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्ससमेत ४.४८ अंकले घटेको छ।
आज १९९ कम्पनीको ७८ लाख ५० हजार सेयर किनबेच हुँदा दुई अर्ब ८१ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबै उपसूचक ओरोलो लागेका छन्। बैंकिङ उपसमूह २२.३६, व्यापार २.१३, होटल १५.१६, विकास बैंक ४०.३ र जलविद्युत् २४.९१ अंकले घटेको छ।
त्यस्तै फाइनान्स १२.४९, निर्जिवन बिमा ११२.६६, उत्पादन ३५.०४, माइक्रोफाइनान्स २३.२४, बिमा १०९.४ र म्यूचुअल फन्ड ०.०८ अंकले घटेको छ।