शनिबार, भदौ १३, २०८३

सुनको भाउ १७ सय घट्यो, ९५ हजार ५ सयमा कारोबार

निकै उतारचढाव देखिएको सुनको मुल्य आज (मंगलबार) एकै दिनमा तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ । 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं-  सुनको मूल्य आज (मंगलबार) तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ। 

सुनको आजको मूल्य ९५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

साेमबार तोलाको ९७ हजार २०० मा काराेबार भएकाे  थियो  नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घटेको महासंघले जनाएको छ। 

यस्तै चाँदीकाे भाउ पनि घटेको छ। आज तोलामा ९० रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा झरेको छ।

प्रकाशित: Sep 22, 2020| 05:05 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्