शनिबार, भदौ १३, २०८३

हुण्डाई क्रेटाको नयाँ मोडल सार्वजनिक

नेपालको लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘नयाँ क्रेटा’ सार्वजनिक गरेको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– नेपालको लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘नयाँ क्रेटा’ सार्वजनिक गरेको छ।

सन् २०१५ मा सार्वजनिक भएको क्रेटाको थप ६ नयाँ मोडल नेपालमा सार्वजनिक गरिएको हो।

नयाँ क्रेटामा बुम्बरिङ आकारको एलईडी डीआरएलएस सहितको एलईडी हेड ल्याम्प, अटो अनफोल्ड ओआरभीएम र पपल्स ल्याम्प छ।

यसमा २६.०३ सेन्टीमिटरको एचडी इन्फोटेनटमेन्ट सिस्टम, लेडरले र्‍याप गरिएको माउन्टेड कन्ट्रोल स्टेरिङ छ।

डिजिटल इन्स्टुमेन्ट क्लस्टर, एयर प्यूरिफायर र ब्लू एम्बियन्ट लाइटिङ सिस्टम भएको नयाँ क्रेटामा फ्रन्ट डुअल एयरब्याग, ड्राइभर रियर भिउ मोनिटरजस्ता विशेषता छन्।

त्यस्तै हिल स्टार्ट एसिस्ट कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, रियर पार्किङ सेन्सरजस्ता विशेषता छन्।

नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भीजीटी डिजेल इन्जिन ट्रान्समिसनको विकल्पमा उपलब्ध छ।

नयाँ क्रेटाको मूल्य ४८ लाख ९६ हजारदेखि सुरु भएर ६५ लाख ९६ हजारसम्म छ।

प्रकाशित: Sep 21, 2020| 10:39 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्