शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालयन बैंकसँग मर्जरको कुनै औपचारिक निर्णय भएको छैन : सिभिल बैंक

हिमालयन बैंकसँग मर्जरको कुनै औपचारिक निर्णय भएको छैन : सिभिल बैंक

हिमालयन बैंकले प्राप्ति गर्ने कुरा हल्लामात्र भएको सिभिल बैंकले स्पष्ट पारेको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– हिमालयन बैंकले प्राप्ति गर्ने कुरा हल्लामात्र भएको सिभिल बैंकले स्पष्ट पारेको छ।

हिमालयन बैंकले प्राप्ति गर्ने हल्लाका कारण सिभिल बैंकको सेयर मूल्य ह्वात्तै बढेपछि नेपाल स्टक एक्सचेन्जले सिभिल बैंकसँग स्पष्टीकरण माग गरेको थियो ।

आइतबार सो हल्लाका कारण सेयर मूल्य १० प्रतिशतले बढेको थियो। सिभिल बैंकले नेप्सेलाई मर्जरबारे कुनै पनि औपचारिक निर्णय नभएको जवाफ पठाएको छ।

नेप्सेले स्पष्टीकरण सोधेपछि बैंकले समाचारमा आएजस्तो मर्जरको कुनै औपचारिक निर्णय नआएको जनाएको छ। बैंकले भनेको छ, ‘मर्जरका लागि विभिन्न बैंकसँग अनौपचारिक छलफल भए पनि हालसम्म मर्जर समिति तथा सञ्चालक समितिबाट कुनै पनि निर्णय भएको छैन।’

सिभिलले आफ्ना तर्फबाट मूल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको र बाहिर आएका समाचार बारेमा कुनै आधिकारिक निर्णय नभएको पनि प्रष्ट पारेको छ। मर्जर हल्लाले आइतबार सिभिलको सेयर मूल्य १० प्रतिशतले बढेर १६५ रुपैयाँसम्म पुगेको थियो।

प्रकाशित: Sep 21, 2020| 07:04 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्