काठमाडौं– आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९७ हजार २०० मा कारोबार भइरहेको छ।
यसअघि आइतबार र शुक्रबार ९७ हजारमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय बढेर ९६ हजार ७०० पुगेको छ।
चाँदी भने तोलामा पाँच रुपैयाँ बढेको छ। आइतबार एक हजार ३१५ मा कारोबार भएको चाँदी आज एक हजार ३२० मा कारोबार भइरहेको छ।