शनिबार, भदौ १३, २०८३

नेपाल एयरलाइन्सले सार्वजनिक गर्‍यो उडान तालिका

नेपाल एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– नेपाल एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छ।

आज (५ असोज) देखि आन्तरिक उडान सुरु भएसँगै एयरलाइन्सले विभिन्न गन्तव्यमा हुने उडान तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार काठमाडौं–रुकुम–काठमाडौं र रुकुम–नेपालगन्ज–रुकुममा आइतबार र बिहीबार उडान हुनेछ। नेपालगन्ज–जुम्ला–नेपालगन्ज पनि आइतबारको दिन उडान हुनेछ।

काठमाडौं–भोजपुर–काठमाडौं सोमबार, मंगलबार र शुक्रबार तय भएको छ।

काठमाडौं–दाङ–काठमाडौं गन्तव्यमा सोमबार, बुधबार र शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान भर्नेछन्।

त्यस्तै काठमाडौं–फाप्लु–काठमाडौं आइतबार र मंगलबार भने काठमाडौं–थामखर्क–काठमाडौं बुधरबार उडान तोकिएको छ।

बिहीबारको दिन नेपालगन्ज–बाजुरा–नेपालगन्ज उडान हुनेछ। त्यसैगरी बुधबार र शनिबारको दिन काठमाडौं–तोप्लेजुङ–काठमाडौं र काठमाडौं–खानीडाँडा–काठमाडौं उडान हुनेछ।

 

प्रकाशित: Sep 21, 2020| 06:25 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्