शनिबार, भदौ १३, २०८३

डिशहोमको दशैँ अफर : २४ महिना रिचार्जमा डबल धमाका

 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

डिशहोममा डिलर दाइको डिस्काउन्ट अफर दशैँमा पनि जारी रहने भएको छ। यसै अफरलाई डिशहोमले बडादशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ।

यस अफरमा डिलर दाइमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ। साथै दुई वर्षे रिचार्जमा विक्ली लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ। हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक/एक लाख नगद उपहार यस अफरमार्पmत जित्ननेछन्।

विक्ली लक्की ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आईडीको आधारमा गरिन्छ। हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १०० र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुन्छ।

अनलाइनमार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने कम्पनीले जनाएको छ।
प्रकाशित: Sep 21, 2020| 06:12 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्