सरकारले संविधान दिवसका अवसरमा एनआईसी एसिया बैंकका अध्यक्ष तथा प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गर्ने भएको छ।
पाँच दशकदेखि नेपालको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत लागेका सफल उद्योगी व्यवसायी अग्रवाललाई संविधान दिवस २०७७ को अवसरमा उक्त विभूषणद्वारा विभूषित गर्ने घोषणा गरिएको हो।
अध्यक्ष अग्रवालसहित करिब २ दर्जन उद्योगी व्यवसायी विभिन्न पदक तथा विभूषणबाट विभूषित हुने भएका छन्।
अग्रवाल हाल एनआईसी एसिया बैंकको अध्यक्षका साथै विशाल ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डस्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका छन्।
संविधान दिवसको अवसरमा सरकारले ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ।