शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहकको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको छ ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहकको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको छ ।
यस कर्जा योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

साथै यस बैंकको मोबाईल बैंकिङ्ग सुविधा उपभोग गरिरहेका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा १४ आश्विन २०७७ सम्म रू. ५० नगद उपहार प्राप्त गर्ने व्यवस्था खल्ती वालेटले गरेको छ ।

खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।

प्रकाशित: Sep 21, 2020| 06:06 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्