शुक्रबार, भदौ १२, २०८३

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे

 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं- माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई  दिन लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने माछापुच्छ्रे पहिलो बैंकसमेत बनेको छ । गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट बैंकले लगानीकर्ताहरूलाई बोनस तथा नगद गरी कुल १०.४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बताए । प्रस्तावित लाभांशमध्ये ७.०३ प्रतिशत बोनस तथा करसहित ३.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको उनले बताए ।

नेपाल राष्ट्र बैंकले गत असार मसान्तसम्म असुल हुनुपर्ने तर असुल हुन नसकेको ब्याज आम्दानी चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म असुल भएमा त्यसलाई लाभांशका रुपमा वितरण गर्नसक्ने बताएको थियो । तर बैंकले भने असर मसान्तसम्म असुल भएको आम्दानीको आधारमै लाभांश घोषणा गरेको सीईओ कोइरालाले बताए ।

“चालु आर्थिक वर्षमा व्यावसायिक अवस्था झनै शिथिल बन्‍ने देखिएकाले चालु आर्थिक वर्ष लागेपछि असुल भएको आम्दानीलाई यहि वर्षका लागि राखेको हो,” उनले भने, “सञ्चालक समितिले यो वर्षमा असुल भएको रकम यही वर्षका लागि राख्‍ने र असार मसान्तसम्म जति असुल भयो त्यसैको आधारमा लाभांश वितरण गर्ने निर्णय गर्दै लाभांश प्रस्ताव गरेको हो ।”

बैंकले राष्ट्र बैंकको कुल लाभांशको ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नपाइने व्यवस्थाअनुसार ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद गरी कुल १०.४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल ८ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको बोनस वितरणपछिको चुक्ता पुँजी ९ अर्ब नाघ्‍नेछ । गत आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको वितरणयोग्य मुनाफा गरेको थियो । ९० करोड ८२ लाख रुपैयाँ थियो । 

प्रकाशित: Sep 18, 2020| 04:18 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्