शुक्रबार, भदौ १२, २०८३

हुन्डाईको ‘ग्राण्ड आई टेन नियोस’ सार्वजनिक

नेपालको लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ‘हुन्डाई ग्राण्ड आई टेन नियोस’ सार्वजनिक गरेको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– नेपालको लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ‘हुन्डाई ग्राण्ड आई टेन नियोस’ सार्वजनिक गरेको छ।

ग्राण्ड आई टेन नियोस कप्पा डुअल भीटीभीटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ।

यसमा २०.२५ इन्फोटिनमेन्ट सिस्टमका साथै रियर एसी भेन्ट, फ्रन्ट डुअल एयरब्याग, रियर पार्किङ सेन्सर, ईबीडीसहितको एन्टी लक ब्रेकिङ सिस्टम, ड्राइभर रियर भ्यू मनिटरजस्ता विशेषता छन्।

५ स्पिड म्यानुअल र स्मार्ट अटो एएमटी दुवै किसिमको ट्रान्समिसन भएको आई टेन नियोसमा ग्लस ब्ल्याक ग्रिल, बुम्बरिङ आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिस जस्ता विशेषताले सजिएको छ।

१४ इन्चको अलो ह्वील्स भएको आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल रंगमा उपलब्ध छ।

यो गाडीको सुरुवाती मूल्य ३० लाख ९६ हजार तोकिएको छ।

प्रकाशित: Sep 17, 2020| 17:33 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्