शुक्रबार, भदौ १२, २०८३

महानगरपालिकामा बुझाउने सबै कर अनलाइन बुझाउन सकिने

काठमाडौं महानगरपालिकाले लिने सबैखाले कर विद्युतीय माध्यमबाट तिर्न सकिने भएको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– काठमाडौं महानगरपालिकाले लिने सबैखाले कर विद्युतीय माध्यमबाट तिर्न सकिने भएको छ।

महानगरपालिकाले बिहीबारदेखि १० वटा वडाबाट विद्युतीय राजस्व भुक्तानी सेवा सुरु गरेको जनाएको छ। यो सेवापछि अब सवै सेवाग्राहीले आफ्नै घरबाट कर तिर्न सक्नेछन्।

महानगरपालिकामा समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो बढ्न थालेपछि महानगरपालिकाले यो सेवा सुरु गरेको हो।

सातौं नगरसभाले राजस्व विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको थियो। वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशभरिका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताए।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन पनि सहज हुने र सोही अनुसार आगामी योजना बनाउन पनि सकिने बताए।

यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्यांक पनि आउने महानागरपालिकाले जनाएको छ।

 

प्रकाशित: Sep 17, 2020| 15:26 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्