पर्सा– पर्सामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्न थालेको छ।
बुधबारसम्म जिल्लामा संक्रमितको संख्या ६१५ छ। कोभिड १९ सम्बन्धी जिल्ला प्रशासन कार्यालयको अद्यावधिक विवरणअनुसार ६ महिलासहित ३६ जना वीरगन्जमा सञ्चालित विभिन्न आइसोलेसन सेन्टरमा छन्।
बाँकी संक्रमित भने होम आइसोलेसन तथा जिल्लाका विभिन्न सामुदायिक आइसाेलेसनमा छन्।
नारायणी अस्पतालका चिकित्सक तथा प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार नारायणी कोभिड–१९ अस्पताल गण्डकमा पाँच महिलासहित ३२ जना र नारायणी कोभिड–१९ अस्पताल नेसनल मेडिकल कलेजको बाबा होटेलमा एक महिलासहित चार जना छन्।
तीमध्ये सात जना सघन कक्ष (आईसीयू) मा उपचाररत छन्। पर्सामा हालसम्म १ हजार ८४१ जना संक्रमणमुक्त भइसकेका छन्।