काठमाडौं- सरकारले मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयले शवबाट नमुना निकालेर परीक्षण नगर्न निर्देशन दिएको हो। मानिसको मृत्युपश्चात पनि कोरोना परीक्षण गरिँदै आएकोमा अबदेखि शवबाट स्वाब निकालेर कोरोना भए–नभएको परीक्षण नगर्न मन्त्रालयले निर्देशन दिएको हो।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबारको बैठकले शंकास्पद मृत्युको शब व्यवस्थापन गर्दा पनि सबै सावधानी अपनाएर दाहसंस्कार गर्ने र नजिकको सम्पर्कमा आएका सबै व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था गर्ने गराउनु पर्ने निर्णय गरेको छ।
साथै सबै प्रयोगशालाले कोरोना परीक्षणका लागि लिएका नमुनाहरु नेगेटिभ भए एक महिना र पोजेटिभ आएमा ३ महिनासम्म प्रयोगशालामै सुरक्षित राख्न अनुरोध गरेको छ।