शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निरन्जन हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामा राख्न आदेश

निरन्जन हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामा राख्न आदेश

जिल्ला अदालत रौतहटले निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

जनकपुरधाम- जिल्ला अदालत रौतहटले निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

रामको हत्या आरोपमा पक्राउ परेका ७ मध्ये ३ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर-८ जिंगडियाका २० वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका अर्जुन राम, अजयकुमार रन्जन र शेख आजादलाई जिल्ला अदालत रौतहटले मंगलबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका ७ जनामध्ये निरन्जन कार्यरत नर्सरीका सञ्चालक राजाराम साहलाई पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले साधारण तारेखमा छोडिदिएको छ।

‘मंगलबार थुनछेक बहसपछि आरोपीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो।’ प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने ‘अर्का आरोपी १९ वर्षीय विवेकराय यादवको उमेर नपुगेका कारण पुनःस्थापना केन्द्र पठाउने आदेश दिइएको हो।’

उनका अनुसार अर्का आरोपी सिकिन्द्र पासवानको मानसिक स्थिति ठिक नभएकाले उनलाई उपचारका लागि अस्पताल पठाउन र ठिक भएपछि अदालतमा पेश गर्न आदेश दिइएको छ।

गरुडा नगरपालिका-८ जिंगडिया टोलका निरन्जन रामको साउन ३१ गते धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो।

प्रकाशित: Sep 16, 2020| 17:00 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।