शनिबार, भदौ १३, २०८३

नेकपाको सचिवालय बैठक शुक्रबार पेरिसडाँडामा बस्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटपछि सचिवालय बैठक बोलाइएको हो ।

बैठक तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने तय भएको छ।

नेकपाको सचिवालय, स्थायी कमिटी लगायतका बैठकहरु यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए।

आन्तरिक विवादमा रुमल्लिएको नेकपाको विवाद अध्यक्ष दाहालले पार्टी सञ्चालनमा प्रमुख भूमिका पाउने भएपछि केही मथ्थर भएको छ।

त्यसैले पार्टीका बैठकहरु अध्यक्ष दाहालले सञ्चालन गर्ने भएपछि पेरिस डाँडामा बैठक बस्न लागेको हो।

प्रकाशित: Sep 16, 2020| 16:37 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।