आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप १५ सय ३९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १६ हजार २४२

थप १५ सय ३९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १६ हजार २४२

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ।

आज १० हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ५३९ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म नेपालमा ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण भइसकेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। जसमध्ये ८ हजार ५४१ जना संस्थागत आइसोलेसनमा र ७ हजार ७०१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

पछिल्लो २४ घण्टामा विभिन्न स्थानका आइसोलेसन तथा अस्पतालबाट १ हजार ६८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ।

हाल ७ हजार ८२० जना विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा बसिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।

प्रकाशित: Sep 16, 2020| 16:22 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।