आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वप्रधानन्यायाधीश सिंहको निधनमा शोक मनाउन भोलि देशैभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीश सिंहको निधनमा शोक मनाउन भोलि देशैभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशैभरका अदालत बन्द हुने भएका छन्।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशैभरका अदालत बन्द गरिने भएकाे छ।

सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र न्यायाधीकरण बन्द गर्ने निर्णय गरेको हो।

सिंहको मंगलबार निधन भएको थियो। सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको विज्ञप्तिमा सिंहको निधनले न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ।

सप्तरीमा २० माघ १९७६ मा जन्मेका पूर्व प्रधानन्यायाधीश सिंहले २००३ सालदेखि सरकारी सेवामा बडाहाकिमको पदबाट सेवा प्रारम्भ गरेका थिए। ८ जेठ २०१३ प्रधानन्यायाधीश पदमा नियुक्त भएका सिंह १५ असार २०१६ सम्म प्रधानन्यायाधीश थिए।

प्रकाशित: Sep 16, 2020| 16:15 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।