काठमाडौं- कर्णाली प्रदेशमा आज (बुधबार) थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेशमा विभिन्न जिल्लाका व्यक्तिमा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुर्खेतले जानकारी दिएको छ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको
परीक्षणमा सल्यानका ३३, सुर्खेतका १३ तथा दैलेख, जाजरकोट र उदयपुरका १-१ जनामा कोरोन संक्रमण पुष्टि भएको छ।
यस्तै चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला पश्चिम रुकुममा गरिएको परीक्षणमा रुकुम पश्चिमका १ तथा दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
आज थपिएकासहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ९१४ पुगेको छ। प्रदेशमा अहिलेसम्म २ हजार ६०५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
जसमध्ये आज (बुधबार) मात्रै ३५ जनामा कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ।