आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक आयोगमा नियुक्तिबारे शीर्ष नेताबीच भोलि छलफल

संवैधानिक आयोगमा नियुक्तिबारे शीर्ष नेताबीच भोलि छलफल

सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ।

प्रधानमन्त्री एवं सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान भएको भेटवार्ताले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने संकल्प गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुने क्रममा बुधबार भेटवार्ता भएको जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेको स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्ति प्रक्रिया अघि बढ्ने जनाइएको छ। –रासस

प्रकाशित: Sep 16, 2020| 15:17 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।