आइतबार, भदौ १४, २०८३

सल्यानमा बस दुर्घटना, १६ जना घाइते

सल्यानमा आज भएको बस दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

सुर्खेत– सल्यानमा आज भएको बस दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्।

भोटेचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना७ ख १८४६ नम्बरको बस छत्रेश्वरी गाउँपालिका–६ स्थित भूमेश्वर जिउलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा दार्मा गाउँपालिका–६ का भक्त केसी र नेत्र मल्ल, छत्रेश्वरी गाउँपालिका–५ का गाडीका सह–चालक भीमार्जुन केसी, वडा–६ का नवीन घर्ती, अपेक्षा केसी घाइते भएका छन्।

घाइते अन्यमा तोरन सार्की, कृष्ण चलाउने, विजय विक, खिमलाल नेपाली, सन्तोष नेपाली, वडा–७ का राधिका खड्का र भूमिका खड्का, बागगचौर नगरपालिका– ६ का पदम वली र कैलाली जानकी गाउँपालिका–५ का अमृत चौधरी र सुस्मिता चौधरी छन्।

घाइतेहरुको श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए। बस सडकबाट २० मिटर तल खेतमा खसेको छ।

प्रकाशित: Sep 16, 2020| 13:30 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।