आइतबार, भदौ १४, २०८३

श्राद्धमा खाना खाएका एकको मृत्यु, १८ जना बिरामी

 कैलालीको गोदावरी नगरपालिका–१०, खमौराका १९ जना एकै दिन बिरामी परेका छन्।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

धनगढी- कैलालीको गोदावरी नगरपालिका–१०, खमौराका १९ जना एकै दिन बिरामी परेका छन्।

बिरामीमध्ये एक जनाको मंगलबार बेलुका मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

स्थानीय भीम बिष्टको घरमा श्राद्धमा खाना खाएर बिरामी परेका सोही स्थानका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले मृतकमा फुड प्वाइजनिङ देखिएको बताए। उनका अनुसार बिरामीमा पनि सोही समस्या देखिएको छ।

गोदावरी नगरपालिका–१० का अध्यक्ष रवीन्द्र शाहीले १८ जनाको उपचार भइरहेको बताए। उनका अनुसार तीन जनाको नव जीवन अस्पताल, दुई जनाको माया मेट्रो अस्पताल र ११ जनाको सेती प्रादेशिक अस्पताल, दुई जनाको अत्तरियास्थित पद्मा अस्पताल र ग्वाँसी मेडिकलमा उपचार भइरहेको छ।

भदौ २७ गते श्राद्धमा खाना खाएपछि उनीहरु बिरामी परेका थिए।

प्रकाशित: Sep 16, 2020| 13:17 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।