काठमाडौं– दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१० उत्तर अम्रईस्थित मनठोरीयामा पानीको कुलोमा करेन्ट लागेर बालबालिकाको मंगलबार मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा राजु चौधरीका ४ वर्षीया छोरी रेनुका चौधरी, भाजुराम चौधरीका ८ वर्षीय छोरा प्रशान्त चौधरी र भुवन चौधरीका ३ वर्षीय छोरा अमृत चौधरी छन्।
स्थानीय राजु चौधरीको आमाको १३ दिनको पुण्यतिथि सकिएको र घर शुद्ध शान्तिको लागि कुलोबाट मोटर जोडी पानी तानिरहेको अवस्थामा करेन्ट लाग्दा ती बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।