आइतबार, भदौ १४, २०८३

गुणस्तर हेरेर मात्र प्रयोग गरौं स्यानिटाइजर

बजारमा पाइने कतिपय ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन भेटिएको भन्दै औाषधि व्यवस्था विभागले त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– बजारमा पाइने कतिपय ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन भेटिएको भन्दै औाषधि व्यवस्था विभागले त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ।

नेपाली, भारती र चीनका गरी चारवटा कम्पनीले उत्पादन गरेका स्यानिटाइजरमा विषाक्त रसायन भेटिएको विभागले जनाएको छ।

विभागले बजारमा बिक्रीका लागि राखिएका ती स्यानिटाइजरको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसायन मेथानोल भेटिएको विभागले जनाएको हो।

विषाक्त रसायन भेटिएका स्यानिटाइजरमा ग्वान्जाओ ओवोपिकल फाइन केमिकल कम्पनी लिमिडेट चाइनाको उत्पादन ओपिकल ननवासिङ एन्टीब्याक्टेरियल सलुसन १२० एमएल, सम्पदा हेल्थकेयर प्रालि ललितपुरको सासा इन्स्टयान्ट ह्यान्ड स्यानिटाइजर ५० एमएल, आरएल क्रप इन्डिया गुजरात भारतको पामाकेयर इन्स्टयान्ट ह्यान्ड स्यानिटाइजर ६० एमएल र श्रीनाथ हर्वल एण्ड कस्मेटिक इन्डस्ट्री प्रालि काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ६५ एमएल छन् ।

विभागले ती स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गर्दै उत्पादकहरुलाई गुणस्तरहीन स्यानिटाइजर बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

 

प्रकाशित: Sep 16, 2020| 12:26 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।