शुक्रबार, भदौ १२, २०८३

बहराइनबाट १८ जना हिमाल आरोहणका लागि नेपाल प्रस्थान

बहराइनको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल प्रस्थान गरेको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– बहराइनको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल प्रस्थान गरेको छ।

राजपरिवारका एक सदस्य, १४ जना डिफेन्स फोर्स तथा तीन जना बेलायती नागरिक रहेको टोली शेख ईशा एयरबेसबाट विशेष विमानमा गएराति नेपाल प्रस्थान गरेको हो।

करिब दुई महिना समयावधिको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिएर सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य राखेको छ।

टोलीलाई भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले आरोहणका लागि नेपाल आउने अनुमति दिने निर्णय गरेको थियो। आरोहणमा सहभागी हुने सबै सदस्य र चालक दल १५ दिन क्वारेन्टिनमा बसेका थिए। उनीहरू सबैको पीसीआर परीक्षणको रिपोर्ट नेगटिभ आएको छ।

टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले बिदाइ गर्दै आरोहण सफलताको शुभकामना दिएका छन्।

 

प्रकाशित: Sep 16, 2020| 11:45 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्