शनिबार, भदौ १३, २०८३

खरको छानो हटाउन एक अर्ब ३६ करोड

झापा क्षेत्र नम्बर ५ मा अब कोही नागरिकका घरको फुसको छानो फेरिने भएको छ ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७


झापा–झापा क्षेत्र नम्बर ५ मा अब कोही नागरिकका घरको फुसको छानो फेरिने भएको छ ।

सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुरु गरेको हो ।

झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन गरिन लागको हो ।

छानो फेर्नका लागि सरकारले एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने छ ।

विपन्न नागरिकलाई लक्षित गरेर नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन् ।

सञ्चालित कार्यक्रम मध्ये दुई हजार सात सय ३० परिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

झापा क्षेत्र नम्बर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो । यो निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकामा ६ सय १६ र गौरादह नगरपालिकामा ६ सय ६३ विपन्नका लागि छानो फेरिँदैछ ।

कमल गाउँपालिकामा आठ सय ३० र गौरीगञ्ज गाउँपालिकामा ६ सय २७ परिवारको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ । जस्ता पाता फेर्नका लागि प्रत्येक घरलाई ५० हजार उपलब्ध गराइने छ ।

त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अन्तरगत ‘जनता आवास कार्यक्रम’ मार्फत एक सय २० वटा घर निर्माण गरिने भएको छ । एक घर निर्माणका लागि तीन लाख ५० हजार प्रदान गरिने छ ।

बाँकी अपुग रकम स्थानीय तह र सम्बन्धित घरधनीको जनश्रमदान रहने थापाले बताए ।

दमक र गौरादह नगरपालिकामा ३२÷३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८÷२८ वटा घर निर्माण हुने छन् । यसका लागि लागि ४२ करोड खर्च हुने बताइएको छ ।

– रासस

प्रकाशित: Sep 16, 2020| 11:43 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।