शुक्रबार, भदौ १२, २०८३

फेरि गयो सिन्धुपाल्चोकमा भूकम्प, स्थानीय त्रसित

६ रेक्टर स्केलको भूकम्प गएको एक घण्टा बित्न नपाउँदै सिन्धुपाल्चोकमा पुनः भूकम्पको दोस्रो धक्का महशुस गरिएको छ ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं- ६ रेक्टर स्केलको भूकम्प गएको एक घण्टा बित्न नपाउँदै सिन्धुपाल्चोकमा पुनः भूकम्पको दोस्रो धक्का महशुस गरिएको छ ।

सिन्धुपाल्चोकको राम्चे नै केन्द्रबिन्दू भएर बिहान ६ः१० बजे भूकम्पको दोस्रो धक्का गएको हो । दोस्रो धक्का ३.८ म्याग्नेच्युडको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दू बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

रातभर परेको पानी र झिसमिसे बिहानीमा गएको भूकम्पका कारण स्थानीय त्रसित भएका छन् । भूकम्पसँगै पहिरोको जोखिम उच्च भएको भन्दै सचेत हुन विज्ञहरुले पनि आग्रह गरेका छन् ।

प्रकाशित: Sep 16, 2020| 07:48 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।