बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोनाबाट मृत्यु, मृतकको संख्या ५५ पुग्यो

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोनाबाट मृत्यु, मृतकको संख्या ५५ पुग्यो

वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको भेन्टिलेटरमा उपचारतर ५६ वर्षीय सीईओको बिहीबार राति मृत्यु भएको हो ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

वीरगन्ज– कोरोना भाइरसको संक्रमण भएका जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को मृत्यु भएको छ ।

वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको भेन्टिलेटरमा उपचारतर ५६ वर्षीय सीईओको बिहीबार राति मृत्यु भएको हो ।

उनलाई हिजो दिउँसोदेखि अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर निरजकुमार सिंहले जानकारी दिए । उपचारकै क्रममा राति ११ गते मृत्यु भएको उनले बताए ।

भारत निवासी उनी पुरानो मुटुरोगी भएको खुलेको छ । साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनको शव अहिले अस्पतालमै राखिएको छ।

योसँगै वीरगन्जमा मात्रै कोरोनाबाट १३ जनाको मृत्यु भएको छ भने देशभर अहिलेसम्म ५५ जनाको मृत्यु भएको छ ।

वीरगन्जमा बिहीबार नै २ जनाको मृत्यु भएको थियो । बुधबार पनि २ जनाको मृत्यु भएको थियो ।

प्रकाशित: Jul 31, 2020| 08:30 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।