शनिबार, भदौ १३, २०८३

बुटवलबाट दुर्लभ वन्यजन्तु सालकसहित पाँच जना पक्राउ

रुपन्देहीको बुटवलबाट दुर्लभ वन्यजन्तु सालकसहित पाँच जना पक्राउ परेका छन्।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

भैरहवा– रुपन्देहीको बुटवलबाट दुर्लभ वन्यजन्तु सालकसहित पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. ५ नेपालगन्ज रोडबाट सालकसहित उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार सिराहा नगरपालिका ७ का ३६ वर्षीय मनोजकुमार कर्ण, सिन्धुलीको तिनपाटन गाउँपालिका ३ का ३२ वर्षीय लोकबहादुर तामाङ र ६० वर्षीय लालबहादुर तामाङ, सर्लाहीको हरिओम गाउँपालिका १० का ६६ वर्षीय सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका १ की ३५ वर्षीया नेत्रमाया राना पक्राउ परेका छन्।

पक्राउ परेका सबैलाई वन्यजन्तु कसुर सम्बन्धी कारबाहीको लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 15, 2020| 20:43 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।