शनिबार, भदौ १३, २०८३

अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि भदौ ३१ सम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।

त्यो समय बढाएर असोज ३० सम्म पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ११ चैतदेखि नै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ।

मन्त्रिपरिषद्ले  सबै बिन्दु र खुला सीमा नाकाबाट हुने आवागमनमा रोक लगाउने निर्णय गरेको छ।

समस्यामा परेका नागरिकलाई आवागमन गर्न यसअघि १० वटा नाकामा अनुमति दिइएको थियो। सरकारले यसमा इलाम, दार्चुला र रसुवागढी नाका थप गरेको छ।

प्रकाशित: Sep 15, 2020| 18:41 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।