शुक्रबार, भदौ १२, २०८३

वर्ल्डलिंकले आईपीओ जारी गर्ने

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसनले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसनले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीको २५ औ वार्षिकोत्सवको अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा सञ्चालक दिलिप अग्रवालले निकट भविष्यमा नै आईपीओ जारी गर्न लागेको जानकारी दिए।

सरकारले १ अर्ब चुक्ता पुँजीमाथिका कम्पनीहरुले अनिवार्य रुपमा साधारण सेयर जारी गर्नुपर्ने व्यवस्था गरेको थियो। तर अहिलेसम्म कुनै कम्पनीहरुले आईपीओ जारी गरेका थिएनन्।

वर्ल्डलिंकको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ। ‘हामीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने पूर्वतयारी सुरु गरिसकेका छौं,’ अग्रवालले भने, ‘यसैको तयारी स्वरुप गत वर्ष हामीले कम्पनीलाई पब्लिक लिमिटेडमा दर्ता गरेका थियौं। अब बाँकी प्रक्रिया अगाडि बढाउनेछौ ।’

कम्पनीका अनुसार उसको सेवा ७४ जिल्लामा पुगिसकेको छ। कम्पनीका देशभर ४ लाखभन्दा बढी घरेलु ग्राहक छन्। कम्पनीले २५ औं वर्षको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम पनि गर्ने भएको छ।

प्रकाशित: Sep 15, 2020| 16:47 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्