शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हुन्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण

 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं- हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई  पुरस्कृत गरेको छ । हुन्डाईले नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२) लाई भेन्यू एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई स्यान्ट्रो म्याग्ना हस्तान्तरण गरेको छ ।

बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट २९ जुन, २०२० मा गरिएको थियो । १० भाग्यशाली विजेताहरुमा भरत सिंह पौडेल, चन्द्र मणी पौडेल, श्रीजेश घिमिरे, महेश्वर लाल सिंह, कृष्ण प्रकाश पौडेल शर्मा, राजु शाह, दल बहादुर विक, बिजय अग्रवाल, गणेश हार्डवेर, निर्भीक सापकोटा, रखातु इन्टनेशनल प्रा. लि. ले दुबई भ्रमणको अवसर पाएका छन् ।  

लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने सबैलाई आभार व्यक्त गरे । सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित उपलब्ध  रहेको कम्पनीले जनाएको छ । 

प्रकाशित: Sep 15, 2020| 12:02 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्