बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतीय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ।
नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले आफूलाई आवश्यक सीजी, एलजी, गोदरेज, टीसीएल, सेन्साई, एलिका, केन्ट तथा ब्ल्याक डेकोर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।
यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले सीजी, एलजी, गोदरेज, टीसीएल, सेन्साई, एलिका, केन्ट तथा ब्ल्याक डेकोर ब्रान्डका घरायसी विद्युतीय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसीन, एसी, माइक्रोओभन, भ्याकुम क्लिनर, डिस वासर, स्टाइलर, वाटर प्युरिफायर सिस्टम, चिम्नी एण्ड किचन एप्लिकेसन्स किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।
सीजी शो रुमहरुमा कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर रहेका छन्। यस्तै एलजी शो रुमहरुमिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर रहेका छन्।
