शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशियाकाे ७.७५ प्रतिशत ब्याजदरमा ‘लोन अगेन्स्ट सेयर’ अफर

एनआईसी एशियाकाे ७.७५ प्रतिशत ब्याजदरमा ‘लोन अगेन्स्ट सेयर’ अफर

 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं- एनआईसी एशिया बैंकले न्यूनतम ब्याजदरमा सेयर धितोमा राखेर प्रवाह गरिने कर्जाको आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा लोन अगेन्स्ट सेयर दिने भएको हो ।

बैंकका ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको साधारण सेयर धितो राखेर १२० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । 

योजनाअन्तर्गत एक करोडदेखि अधिकतम १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यसअन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जासमेत लिन सकिन्छ ।

प्रकाशित: Sep 15, 2020| 11:53 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्