शुक्रबार, भदौ १२, २०८३

तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ।

सोमबार ९६ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ९७ हजार ५०० कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ६०० रुपैयाँ बढेको छ।

सोमबार तेजाबी सुनको मूल्य ९६ हजार ४०० थियो भने आज ९७ हजारमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ। सोमबार एक हजार ३२० मा कारोबार भएको चाँदी आज एक हजार ३४० मा कारोबार भइरहेको छ।

प्रकाशित: Sep 15, 2020| 11:35 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्