काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ।
३.२६ अंकले बढेको सेयर बजार १५४०.५१ अंकमा पुगेर रोकिएको हो।
आज १९० कम्पनीका ८६ लाख ३१ हजार ७४१ सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार बैंक, विकास बैंक, जलविद्युत्, फाइनान्स र म्यूचुअल फण्डको सेयर मूल्य बढेको छ। बैंक १४.६८, विकास बैंक २०.९८, जलविद्युत् १२.२, फाइनान्स ६.९४ र म्यूचुअल फण्ड ०.०४ अंकले बढेको हो।
त्यसैगरी व्यापार उपसमूह १.०६, होटल १७.४५, माइक्रोफाइनान्स २३.२ अंकले घटेको छ। निर्जीवन बिमा २५४.५९ र बिमा उपसमूह ७९.३२ अंकले ओरालो लागेको छ।
