काठमाडौं– सोमबार सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ९६ हजार ९०० मा कारोबार भइरहेको छ। आइतबार ९६ हजार ५०० मा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले बढेको छ। आइतबार ९६ हजारमा कारोबार भएको थियो भने आज ९६ हजार ४०० तोकिएको छ।
त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ। आइतबार एक हजार ३१० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३२० कायम भएको छ।
