काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) १६.५६ अंकले बढेको छ।
बढेको बजार १५३७.२५ मा पुगेर रोकिएको हो। दिउँसो केही समय नेप्सेको टीएमएसमा समस्या आएपछि कारोबार समय बढाएर ५ः१५ बजेसम्म पुर्याइएको थियो।
आज १९१ कम्पनीको ७१ लाख ७९ हजार सेयर किनबेच हुँदा तीन अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार बैंकिङ उपसमूह ५.८२, होटल ५७.९६, जलविद्युत् ४०.१५, निर्जीवन बिमा कम्पनीको सेयर ३२५.१५ अंकले बढेको छ।
त्यसैगरी उत्पादन उपसमूह १७.०८, बिमा कम्पनी २८३.८८ र विकास बैंक १.३६ अंकले बढेको छ।
व्यापार, फाइनान्स र म्यूचअल फण्ड भने ओरालो लागेको छ।
