शुक्रबार, भदौ १२, २०८३

दुबईमा ३७ नेपाली ठगिए

एक सातासम्म कोरियामा अलपत्र परेर बल्ल स्वदेश फर्कन लागेका ३७ नेपाली दुबईमा ठगिएका छन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– एक सातासम्म कोरियामा अलपत्र परेर बल्ल स्वदेश फर्कन लागेका ३७ नेपाली दुबईमा ठगिएका छन्।

उनीहरूलाई पीसीआर रिपोर्ट स्पष्ट नभएको कारण देखाउँदै कोरियन एयरलाइन्सले गत शुक्रबार दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेको थियो।

एक सातासम्मको पर्खाइपछि उनीहरु इमिरेट्स एयरको विमानमा दुबई पुगेका थिए। उनीहरूले काठमाडौं आउन फ्लाई दुबई टिकट काटेका थिए।
फ्लाई दुबईले लगेजका नाममा प्रतिकिलो १५ डलरका दरले रकम असुलेको पीडित यात्रुले बताएका छन्।

‘कोरियाबाट प्रतियात्रु २५ किलो लगेजको पैसा नलाग्ने भनेपछि टिकट काटेका थियौं’, बाजुराका प्रभाव शाहीले भने, ‘फ्लाई दुबईले २० किलो बढी लैजान नपाउने भनेर प्रतिकिलो १५ डलरका दरले असुल्यो।’

ती सबै नेपाली फ्लाई दुबईको उडानमा आज (शुक्रबार) नेपाल आउँदै छन्।

शाहीले दोहोरो पीसीआर परीक्षण शुल्क तिर्नुपरेको, एक सातासम्म आफ्नै खर्चमा होटलमा बस्नुपरेको र लगेजका नाममा दुबईमा ठगिएको बताए।
त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले फ्लाई दुबई र कोरियन एयरलाइन्सबीच कोड सेयरिङ नभएकाले यात्रुबाट लगेजका नाममा थप रकम लिएको हुन सक्ने बताए।

‘कोड सेयरिङ भएका एयरलाइन्सले एउटै टिकटमा यात्रु बोक्छन् जोसँग कोड सेयरिङ हुँदैन त्यसमा एयरलाइन्सअनुसार आ–आफ्नो नियम लागू गर्छन्’, कर्णले भने, ‘प्mलाई दुबईको नियममा २० किलो मात्र लगेज लिन पाउने व्यवस्था भएर बाँकी लगेजको रकम लिएको होला।’

सम्बन्धित समाचार

कोरियन एयरलाइन्सले नल्याएपछि ३७ नेपाली कोरियामै अलपत्र

प्रकाशित: Sep 11, 2020| 13:30 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।