बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा १९ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन् ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

विराटनगर– प्रदेश १ मा मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन् ।

उदयपुरमा ८, मोरङ र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको वेलकामा ५ पुरुष, ३ महिला, मोरंगको धनपालमा २, रतुवामाई र कटहरीमा १–१ पुरुष, झापाको मेचीनगरमा २, दमक र गौरीगञ्जमा १–१ पुरुष, इलामको इलाम नगरपालिकामा २ पुरुष र स्थायी ठेगाना सर्लाही भएका सुनसरीका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय २४ पुगेको छ । प्रदेश १ बाट हाल सम्म ७ सय १० जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मंगलबार ६ सय ६९ जनाको कोरोना परीक्षण गर्दा ३ महिला र १६ जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । उनका अनुसार मंगलबारसम्म प्रदेश १ मा ३७ हजार ६० जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ हजार २ सय ३६ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

 

 

प्रकाशित: Jul 21, 2020| 16:30 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।