शुक्रबार, भदौ १२, २०८३

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९६ हजार ५०० तोकिएको छ। बिहीबार तोलाको ९६ हजार ८०० मा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि आज ३०० रुपैयाँ घटेको छ। बिहीबार ९६ हजार ३०० थियो भने आज तोलाको ९६ हजारमा कारोबार भइरहेको छ।

चाँदी तोलामा १५ रुपैयाँ ओरालो लागेको छ। बिहीबार एक हजार ३२५ मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३१० कायम भएको छ।

प्रकाशित: Sep 11, 2020| 11:56 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्