काठमाडौं– नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले औरा गाडी सार्वजनिक गरेको छ।
सेडान मोडलको औरामा डे–टाइम रनिङ लाइट (डीआरएल), प्रिमियम स्याटिन फ्रन्ट ग्रिलका साथ प्रोजेक्टर फग ल्याम्प डिस्प्ले छ।
औराको रियर डिजाइनमा वाइड स्ट्यान्स, रुबस्ट स्पोर्टी बम्पर, जेड सेप लिड टेल ल्याम्प रहेको छ।
यसमा फ्रन्ट डुअल एयरब्याग, ईबीडीसहितको एन्टीलक ब्रेकिङ सिस्टम, रियर पार्किङ सेन्सर, इमर्जेन्सी स्टक सिग्नलजस्ता विशेषता छन्।
गाडी अनावरण गर्दै हुण्डाईका जनरल म्यानेजर रूपेश शर्मा भट्टले ओरा स्टाइलिस, विलासी र आरामदायी सेडान भएको बताए। उनले भने, ‘हुण्डाईका अरु मोडल जस्तै औराले पनि ग्राहकको उल्लेखनीय प्रशंसा पाउन सक्षम हुनेछ।’
औरा एस भेरियन्टको १.१ कप्पा डुअल भीटीभीटी पेट्रोल इन्जिनको सेडान ११९७ सीसी क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
फेरी रेड, टिटान ग्रे, टाइफुन सिल्भर र पोलार ह्वाइट रंगमा उपलब्ध गाडीको मूल्य ३३ लाख ९६ हजार तोकिएको छ।
