शुक्रबार, भदौ १२, २०८३

सुनको मूल्य तोलामा चार सय बढ्यो

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० तोकिएको छ।

बुधबार प्रतितोला ९६ हजार ४०० मा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ४०० बढेर ९६ हजार ३०० पुगेको छ।

बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० मा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य एक हजार ३२५ कायम भएको छ। बुधबार एक हजार ३१५ मा कारोबार भएको थियो।

 

प्रकाशित: Sep 10, 2020| 11:20 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्