शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डीएफएसके ग्लोरी ५६० एसयूभी नेपाली बजारमा, मूल्य ५७ लाख ५० हजार

डीएफएसके ग्लोरी ५६० एसयूभी नेपाली बजारमा, मूल्य ५७ लाख ५० हजार

कुजु नेपालले इन्डोनेसियामा निर्मित डिएफएसके ब्राण्डको ग्लोरी ५६० एसयूभी गाडी नेपाली बजारमा भित्र्याएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– कुजु नेपालले इन्डोनेसियामा निर्मित डिएफएसके ब्राण्डको ग्लोरी ५६० एसयूभी गाडी नेपाली बजारमा भित्र्याएको छ।

यूरो ५ मापदण्डको इन्जिन रहेको गाडीमा ६ स्पीड म्यानुयल गियरबक्स छ। गाडीमा ५० लिटरको इन्धन क्षमता छ।

ग्लोरी ५६० ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त एसयूभी हो। अगाडि, पछाडि डिस्क ब्रेक भएको ग्लोरी ५६० मा १७ इन्चको अलोय ह्वील, एयरब्याग, सिटबेल्ट रिमाइन्डरजस्ता विशेषता छन्।

त्यस्तै एबीएस, इबीडी, इन्जिन इमोबिलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलकजस्ता प्रिमियम विशेषता पनि छन्।

८ इन्चको झ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम भएको गाडीमा रिभाइज क्यामेरा, पुस स्टार्ट र स्टम बटम, कि–लेस इन्ट्रीको सुविधा पनि छ।

तीन वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी दिइएको गाडीको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: Sep 10, 2020| 11:06 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्